एसइईमा कति परीक्षार्थीले कुन जीपीए ल्याए ?
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक गरेका हुन् ।
सदस्य सचिव अर्यालले यस वर्ष उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी एक दशमलव ९४ प्रतिशत रहेको बताए । उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने नौ हजार छ सय ३३ अर्थात् १ दशमलव ९४ प्रतिशत छन् ।
त्यस्तै, ४१ हजार छ सय २७ विद्यार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए, ६९ हजार नौ सयले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।
त्यस्तै एक लाख १२ हजार सात सय ३३ विद्यार्थीले २ देखि २ दशमलव ४ जीपीए, एक लाख पाँच सय ९४ जनाले १ दशमलव ६ देखि २ जीपीए, ४४ हजार पाँच सय ८६ विद्यार्थीले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र तीन हजार दुई सय ८० विद्यार्थीले ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याएको उनले जानकारी दिए ।
सदस्य सचिव अर्यालले यस वर्ष १ दशमलव ९४ प्रतिशतले ३ दशमलव ६ देखि ४ जिपिए, ८ दशमलव ४० प्रतिशतले ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए, १४ दशमलव १० प्रतिशतले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए, १८ दशमलव ३१ प्रतिशतले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।
त्यस्तै २२ दशमलव ७४ प्रतिशतले २ देखि २ दशमलव ४ जीपीए, २० दशमलव २९ प्रतिशतले १ दशमलव ६ देखि २ जीपीए, ८ दशमलव ९९ प्रतिशतले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र ० दशमलव ६६ प्रतिशतले ० दशमलव १ देखि १ दशमलव २ जीपीए ल्याएको उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया