२५ पालिकाका २३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिँदै
काठमाडौँ- आगामी आर्थिक वर्षमा थप २५ स्थानीय तहका २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार २५ स्थानिय तहमा सो संख्या बराबरको ‘स्कुल नर्स’ राखिन लागिएको हो ।
मन्त्रालयद्धारा जारी मार्ग निर्देशनअनुसार प्रदेशको १ को एक स्थानीय तहको १० वटा विद्यालयमा नर्स रहनेछन् भने प्रदेश २ का ४ स्थानीय तहका ३८ विद्यालयमा नयाँ ‘स्कुल नर्स’ रहनेछन् ।
यसैगरी, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालयमा, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६ विद्यालयमा, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७० विद्यालयमा, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालयमा यसै आर्थिक वर्षबाट ‘स्कुल नर्स’ रहने व्यवस्था गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया