भाेलि राष्ट्रपति भाेजपुर जाँदै, श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयकाे उद्घाटन गर्ने
फाइल तस्बिर
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृह जिल्ला भोजपुर जाने भएकी छन् । आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनको लागि उनी भोजपुर जान लागेकी हुन् ।
शिक्षालयको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शन गर्ने तथा आफू अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्नेलगायत कार्यक्रम रहेको जनाइएको छ ।
दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भण्डारीको पहलमा यहाँ रु ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण गरिएको छ । उनको जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उनको परिवारले १८ रोपनी जग्गा निःशुल्क दिएको छ ।
यहाँ विद्यालय सञ्चालनको लागि एकाडेमिक भवन, छात्राका लागि होस्टल, प्रिफेव भवनसँगै स्टाफ क्वाटर, कम्प्युटर ल्याब, प्रयोगात्मक कक्षा भवनलगायत निर्माण भएको साइट इन्जिनियर नारायणप्रसाद अधिकारीले जानकारी दिए । राष्ट्रपतिको पहलमा शिक्षालय निर्माण भएपछि स्थानीय उत्साहित छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया