शिक्षा

हिसान शैक्षिक मेला असार ८ गतेदेखि पुनः सुरु हुने

इकागज |
असार ७, २०८० बिहीबार १७:३९ बजे

फाइल फोटो

काठमाडौँ - विवादका कारण रोकिएको ८ औं संस्करणको हिसान शैक्षिक मेला असार ८ गतेदेखि सुरु हुने भएको छ । 

प्रक्रिया नपुगेको भन्दै काठमाडौं महानगरपालीकाले रोकेको मेला असार ८ गतेदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरु हुने हिसान शैक्षिक मेलाका संयोजक टंकराज आचार्यले जानकारी दिए । उनले विद्यार्थीहरुलाई नेपालमा नै पढ्न प्रेरित गर्ने उदेश्यका साथ सञ्चालन गर्न लागिएको मेला विवादका कारण रोकिएपछि अहिले अदालतले प्रष्ट पारेकाले असार ८, ९ र १० गते मेला सञ्चालन हुने बताए । 


यसअघि शिक्षा मन्त्रालयको स्वीकृति लिएर जेष्ठ ३२ गतेदेखि आयोजना हुने भनिएको मेला प्रक्रिया नपुगेको भन्दै काठमाडौं महानगरले रोकेको थियो । महानगरले रोकेपछि आयोजकले महानगरबिरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गराएको थियो । अदालतले महानगरपालिकाले रोकेको शैक्षिक मेला सञ्चालन गर्न आदेश दिएको थियो । 


Author

थप समाचार
x