शिक्षा

डियरवाक सिफल स्कुलले अन्तर-विद्यालय स्तरीय कविता प्रतियाेगता आयाेजना गर्न

इकागज |
साउन १९, २०८० शुक्रबार १७:२८ बजे

काठमाडाैँ– नेपाली भाषा र साहित्यकाे श्रीवृद्धि गर्ने उद्देश्यअनुरूप डियरवाक सिफल स्कुलले अन्तर-विद्यालयस्तरीय कविता प्रतियाेगता आयाेजना गर्ने भएकाे छ ।

याेजनाअनुसार  श्रावण २६ गते स्थलगत कविता लेखन र  भाद्र २ गते फाइनल  गरेर दुई चरणमा कार्यक्रम सम्पन्न हुने बताइएकाे छ ।


स्थलगत कविता लेखनमा प्रतियाेगीहरूले ताेकिएका शीर्षकमध्ये गाेलाप्रथाद्वारा आफूलाई परेकाे शीर्षकमा कविता लेख्ने छन् र लिपिबद्ध कविताहरूलाई विद्यार्थी स्वयंले खामबन्दी गर्ने छन्  ।

उक्त कविताहरूलाई विद्यार्थीहरूले भाद्र २ मा  वाचन गर्ने छन् । कविता वाचन पश्चात् सहभागी विद्यार्थीहरू प्रमाणपत्रद्वारा र विजयीहरू पुरस्कार  तथा पदकद्वारा  सम्मानित हुने छन् ।

कार्यक्रममा निर्णायककाे भूमिकामा कवि रामबाबु सुवेदी, साहित्यकार अनन्त वाग्ले र आयाेजक विद्यालयका शिक्षक प्रतिनिधि लक्ष्मी तिवारी रहने बताइएकाे छ । कार्यक्रममा आयाेजक विद्यालयका विद्यार्थीहरूले अप्रतियाेगी कविका रूपमा आफ्ना कविता वाचन गर्ने छन्।

झण्डै १०० जना सर्जक भाइबहिनीहरू सहभागी हुने उक्त कार्यक्रमबाट  विद्यालयहरूका बीचमा आपसी सद्भाव, सहकार्य तथा सौहार्दता उन्नयन हुने अपेक्षा गरिएकाे छ ।


Author

थप समाचार
x