प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडिदिए : त्रिवि उपकुलपति बास्कोटा
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरूत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले बोकेर हिँडेको बताएका हुन् ।
शुक्रबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उनले सो मेसिन बोकेर हिँड्नेहरूलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो समेत गरे । उपकुलपति बास्कोटाले उनीहरूलाई कारबाहीका लागि काठमाडौँको कुनै एक होटलमा आफूहरूले गरेको मिटिङको माईन्युट समेत संगठनको आवरणमा केही मानिसहरूले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि समेत व्यक्त गरे ।
उनले विश्वविद्यालय राजनीतिक भागबण्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि पटकपटक दोहोर्याए ।
उपकुलपति बास्कोटाले भने, ‘हाम्रा त शिक्षकहरू पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन । आएर हाजिर गर्यो, तलब बुझ्ने चलन । यसलाई निरूत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरूले बोकेर हिँडि दे । पुलिसलाई ल कारबाही गर भन्दाखेरी पुलिसले निवेदन नलिने ।’
उपकुलपति बास्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उनीहरूलाई आवश्यकताका आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया