सूर्यविनायकका विद्यालय दुई दिन बन्द रहने
फाइल फोटो
काठमाडौं - भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन सबै विद्यालय बन्द गर्ने भएको छ। आँखा पाक्ने रोगले विद्यार्थीलाई पठनपाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको हो।
हिउँदे बिदाबाट कट्टा हुनेगरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ। यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिका र भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आँखा पाक्ने रोगको कारण सबै विद्यालय बन्द गरिसकेको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया