हेराल्ड कलेजकाे दीक्षान्त समारोह सम्पन्न
काठमाडौँ– हेराल्ड कलेज काठमाडौँले आफ्नाे वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेकाे छ ।
होटेल याक एन्ड यतीमा सम्पन्न उक्त समाराेहमा ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको क्याम्पसले जनाएकाे छ ।
त्यसमध्ये २७२ स्नातकहरू समग्रमा बिएससी (अनर्स) कम्प्युटर साइन्स र ६२ जना विद्यार्थी बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेकाे क्याम्पसले जनाएकाे छ ।
हेराल्ड कलेजको कम्प्युटर साइन्स कार्यक्रमबाट उच्च सम्मानका साथ एक उत्कृष्ट स्नातक अभिनव प्रसाईलाई प्रतिष्ठित स्नातकोत्तर ‘इनोभेट नेपाल ग्रुप छात्रवृत्ति’ प्रदान गरी समारोहलाई प्रकाश पारिएको थियो । यस छात्रवृत्तिले प्रसाईलाई आईएनजी कलेजहरू मध्ये एकमा थप उच्च शिक्षा लिन मिल्ने क्याम्पसले बताएकाे छ ।
आफ्नो मुख्य मन्तव्यमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरूमा रोजगार पाइरहेको बताए।
अध्यक्ष बुढाथोकीले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे । उनले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्व अध्ययन बढेको धारणा समेत व्यक्त गरे ।
समारोहमा हेराल्ड कलेज काठमाडौँको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयका सर्जिन मोंप्लले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल हेराल्ड कलेजका सम्पूर्ण टिमलाई धन्यवाद दिए ।
मोंप्लेले भने, ‘म यो गौरव गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया