शिक्षा

इर्न्फमेटिक्स कलेज पोखराको दीक्षान्तमा १२२ जना विद्यार्थी दीक्षित

इकागज |
पुस ३, २०८० मंगलबार १४:६ बजे

पोखरा- इर्न्फमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२३ सम्पन्न भएको छ । वार्षिक कार्यक्रमअनुसार दीक्षान्त समारोह आयोजना गरेको  कलेजले जनाएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अर्नस) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १२२ विद्यार्थी सहभागी भएका थिए ।

कलेजले सोमबारका दिन दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरूको उल्लासमय उपस्थिति रहेको थियो । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा  स्नातक तह गर्ने १७ जना र बिएससी (अर्नस) कम्प्युटिङ तह पुरा गर्ने १०५ जना विद्यार्थी गरी जम्मा १२२ जना विद्यार्थी दीक्षित भएका थिए ।


बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ । कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आइएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ ।
यस वर्ष आइएनजी छात्रवृत्तिका लागि विपिन रेग्मी सम्मानित भएका थिए । आइएनजी कलेजहरूमा उनीहरूको निरन्तर शैक्षिक यात्रालाई समर्थन गर्न पाउँदा हामी हर्षित भएको जनाएको छ ।

समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो । समारोहमा विश्वविद्यालयका हेड अफ  एकेडेमिक  पार्टनरसिप  डा.वेन्डी  ब्लोइसीले  विद्यार्थीलाई  दीक्षान्तको  प्रमाणपत्र  प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै उनले भने 'तपाँइहरूले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरू त्यस्तै पाउनुहुनेछ  ।' 'ज्ञानले  जीवनमा ठूलो प्रभाव पार्छ त्यसैगरी सकारात्मक सोचले हाम्रो जीवनमा राम्रो परिवर्तन ल्याउँछ' उनले भने ।

आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे । डा. ब्लोइसीले  यस अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेलेखनीय उपलब्धिको प्रशंसा गरे ।


Author

थप समाचार
x