इटहरीमा तीन दिन सामुदायिक विद्यालय बन्द
काठमाडौँ- इटहरी उपमहानगरपालिकामा तीन दिन धार्मिक, बालविकास केन्द्र र सामुदायिक विद्यालय बन्द हुने भएको छ । अत्यधिक चिसो, शीतलहरको कारण दैनिक रुपमा पठनपाठनमा प्रभावित हुँदा तीन दिन सम्म विद्यालयमा विदा दिने निर्णय गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले माघ ३ देखि ५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको छ । वर्षे बिदाबाट बिदा कटौती हुने गरी सामुदायिक विद्यालय, धार्मिक विद्यालय र बालविकास केन्द्रलाई सोहीबमोजिम बिदा दिनलाई इटहरी उपमहानगरपालिकाले निर्देशन दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया