शिक्षा

संखुवासभामा जापानले बनाइदियो ११ काेठे विद्यालय भवन

इकागज |
फागुन १७, २०८० बिहीबार १४:४४ बजे

काठमाडौँ - जापानको सहयोगमा विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरिएको छ । जापान सरकारको सहयोगमा संखुवासभाको मकालु गाउँपालिकामा रहेको श्री हिमालय माविलाई सुविधासम्पन्न ११ वटा कक्षाकोठासहितको नयाँ भवन हस्तान्तरण गरिएको हो । 

जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) को लागि अनुदान सहायतामा बनेको भवन फागुन १२ गते जापानका अन्तरिम राजदूत  तामुराले हस्तान्तरण गरेका हुन् । सुविधा सम्पन्न शौचालय सहितको नयाँ भवन अमेरिकी डलर १ लाख ८५ हजार ९७१ मा निर्माण गरिएको हो ।


नेपालका लागि जापानका अन्तरिम राजदूत तामुराले विद्यालय भवनले विद्यालयका विद्यार्थी र शिक्षक दुवैका लागि सिकाइ वातावरणमा उल्लेख्य सुधार हुने कुरामा जोड दिए।

यो परियोजना एनपीओ नेपाल स्वयंसेवी समाज सेवा द्वारा लागू गरिएको थियो ।


Author

थप समाचार
x