शिक्षा

त्रिविको लापरबाही : परीक्षा हुन लाग्दा प्रश्नपत्र छैन, परीक्षा स्थगित

इकागज |
चैत २०, २०८० मंगलबार १९:१५ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मंगलबारको अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित गरेको छ ।

 ब्याचलर इन अटोमोबाइल इन्जिनियरिङ तेस्रो वर्षको दोस्रो भागकाे एएम ६५१ अटोमोबाइल कम्पाेनेन्ट डिजाइन विषयको परीक्षा स्थगित गरेको हो । 


आज भएको एएम ६५१ को अटोमोबाइल कम्पाेनेन्ट डिजाइन विषयको परीक्षा त्रिविले आजै विशेष कारणवश भन्दै स्थगित गरेको हो । तर, उक्त विषयको प्रश्नपत्र नआएकाले परीक्षा स्थगित भएको एक परीक्षार्थीले बताएका छन् । त्रिवि यस प्रकारको कृयाकलापहरू त्रिविले दोहोर्याउँदै आफ्नो लापरबाहीको सीमा नाघेको प्रष्ट देखाएको छ ।

त्रिविअन्तर्गत परीक्षा नियन्त्रण महाशाखाले आज एक सूचना जारी गर्दै स्थगित गरिएको परीक्षा आगामी चैत २८ गते दिउँसो १ बजेदेखि सञ्चालन हुने जनाएको छ ।

 


Author

थप समाचार
x