शिक्षा

त्रिवि स्नातक तहको वार्षिक क्यालेन्डर : २०८१ पुसमा परीक्षा, २०८२ वैशाखमा नतिजा

इकागज |
जेठ १८, २०८१ शुक्रबार १९:३२ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले २०८१ को वार्षिक शैक्षिक क्यालेन्डर प्रस्ताव गरेको छ ।

त्रिविले सेमेस्टर अन्तर्गतका कृषि तथा वन विज्ञान, इन्जिनियरिङ, फरेष्ट्री, विज्ञान तथा प्रविधि संकायका लागि स्नातक तहको आवेदन फारम साउनको तेस्रो सातादेखि भदौको दोस्रो सातासम्म खुल्ने प्रस्ताव गरेको हो ।


कानुन, मानविकी तथा समाजशास्त्र र व्यवस्थापन संकायका सेमेस्टरका लागि पनि यही शैक्षिक क्यालेन्डर लागू हुने त्रिविले जनाएको छ ।

त्रिविका अनुसार यी संकायको प्रवेश परीक्षा भदौको तेस्रो सातामा हुने र भर्ना भदौको चौथो हप्ता खुल्ने छ ।

माथि उल्लेखित संकायको स्नातक तह पहिलो सेमेस्टरको पढाइ सुरु असोजको पहिलो सातामा सुरु हुनेछ । यी संकायको पहिलो सेमस्टको परीक्षा २०८१ पुस ३ गतेदेखि सुरु हुनेछ भने २०८२ वैशाख १ गते नतिजा प्रकाशन हुनेछ ।

माघको २ गतेबाट दोस्रो सेमेस्टरको पढाइ सुरु हुनेछ । २०८२ असार २ गतेदेखि तेस्रो सेमेस्टरको पढाइ सुरु हुने र २०८२ मंसिर ३ देखि चौथो सेमेस्टरको पढाइ सुरु गर्ने त्रिविले जनाएको छ ।

२०८३ जेठ १ गतेबाट पाँचौ सेमेस्टर सुरु हुनेछ । छैठौँ सेमेस्टर २०८३ मंसिर १, सातौँ २०८४ वैशाख २ र आठौँ सेमेस्टरको पढाइ २०८४ कात्तिक ४ गतेबाट सुरु हुने त्रिविले जनाएको छ ।

यस्तो छ प्रस्तावित क्यालेन्डर:


Author

थप समाचार
x