Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

शिक्षा

शिक्षण पद्धतिलाई प्रभावकारी बनाउन मोरङमा लिटिल एन्जल्सको कार्यशाला

इकागज |
जेठ २०, २०८१ आइतबार २०:१८ बजे

मोरङ- शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विराटनगरका शिक्षकको सहभागितामा लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टले कार्यशाला गोष्ठी गरेको छ । शिक्षक तथा विद्यार्थीमा देखिने तनाव, अध्ययन अध्यापनको चुनौती कम गराउन शिक्षकबीच शिक्षण सिकाइ कार्यक्रम गरिएको कलेजका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेलले जानकारी दिए ।

मंगलबार विराटनगरमा आयोजित गोष्ठीमा प्रशिक्षकसमेत रहेका प्रधानाध्यापक पौडेलले शिक्षण क्षेत्रमा देखिएको चुनौती र निराशालाई न्यूनीकरण गर्दै शिक्षकको काम प्रभावकारी गराउन कार्यक्रम केन्द्रित भएको बताए ।


शिक्षक र विद्यार्थीबीच सैद्धान्तिक अध्ययनसँगै व्यावहारिक र अभ्यासात्मक शिक्षण आवश्यक हुनेमा जोड दिएका प्रशिक्षक डा.पौडेलले विद्यार्थीसँगै अध्यापन गराउने शिक्षकमा समेत संवेदनात्मक चेतको विषयमा प्रस्ट्याइएको जानकारी दिए ।

कार्यक्रममा कलेजकी सहायक एकेडेमी डाइरेक्टर डा. स्मृति कला पन्तले विश्वमा फैलिएको कोभिड १९ महामारीपछि शिक्षण क्षेत्रको विकासबारे प्रस्तुति दिएकी थिइन् । त्यसैगरी, हिसानका उपाध्यक्ष भेषराज पोखरेलले शिक्षण पेसामा देखिएको समस्या र चुनौती निराकरणका लागि छलफल प्रभावकारी भएको बताएका छन् ।

करिब ४० जना शिक्षकको सहभागिता रहेको कार्यशाला गोष्ठी डा. पौडेल र डा. पन्तले संयुक्तमा सञ्चालन गरेका थिए । गोष्ठीमा विराटनगरका शिक्षादीप कलेज, मेरिल्याण्ड कलेज, अरनिको कलेज, नेशनल एकेडेमी, विराट मोडेल कलेज र ग्रीनल्याण्ड कलेजका शिक्षकहरुको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x