शिक्षा

विनाअनुमति सञ्‍चालित पाँच विद्यालय शिलबन्दी

इकागज |
जेठ २९, २०८१ मंगलबार २१:५१ बजे

सांकेतिक तस्बिर

पर्सा- नगर क्षेत्रमा विनाअनुमति सञ्चालित पाँच वटा विद्यालय वीरगञ्ज महानगरले  मंगलबार शिलबन्दी गरेको छ । 

शिक्षा समितिको अनुगमन समितिले अवैध रूपमा सञ्चालित पाँचवटा विद्यालयमा शिलबन्दी गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए । 


शिलबन्दी भएका विद्यालयहरूमा सिजी एजुकेसनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी), निनोस वीरगञ्जको नामबाट वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्ली बगैँचामा सञ्चालित विद्यालय छन् । वीरगञ्ज महानगरपालिका-२६ सुगौलीमा विसं २०५७ सालदेखि सञ्चालित सिटिजन पब्लिक स्कुल, विसं २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमी र वडा नं १८ भवानिपुरमा सञ्चालित सुरज एकेडेमी रहेको महानगरले जनाएको छ । रासस


Author

थप समाचार
x