शिक्षा

एसईई नतिजा सार्वजनिक

इकागज |
असार १३, २०८१ बिहीबार ९:१४ बजे

काठमाडौँ- माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

एसईई परीक्षामा सहभागी भएका कुल विद्यार्थी ४ लाख ४४ हजार ७८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।


राष्ट्रिय परीक्षा बोर्डका अनुसार २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् ।


Author

थप समाचार
x