शिक्षा

वर्षाले विद्यालय हाताभित्रै 'पोखरी' बनेपछि पठनपाठन अवरुद्ध

इकागज |
असार २०, २०८१ बिहीबार ७:४७ बजे

रौतहट- रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ ।

जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको कक्षाकोठाभित्र वर्षातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासँगै वर्षाको पानी  विद्यालयको प्राङ्गणमा समेत जमेपछि अध्ययनरत बालबालिकालाई कठिनाई भएको छ ।


दुर्गा भगवती- १ स्थित जनता प्राथमिक विद्यालयको कक्षाकोठा र प्राङ्गणमा समेत पानी जमेर विद्यार्थीहरू समस्यामा परेका हुन् । विद्यालय प्राङ्गणमा डेढ/दुई फिटसम्म पानी जमेपछि विस्तारै कक्षा कोठामा समेत छिरेपछि पठनपाठन प्रभाावित भएको प्रधानाध्यापक मुकेश चौधरीले बताए ।

विद्यालय तथा विद्यालय प्राङ्गणभन्दा चौतर्फी जमिन अग्लो रहेकाले सामान्य वर्षा हुँदा पनि विद्यालयमा पानी जम्दै आएको प्रधानाध्यापक चौधरीको भनाई छ । कक्षा १ देखि ५ सम्म रहेको उक्त विद्यालयमा करिब ३५० जना विद्यार्थी रहेका छन् ।

वर्षातको मौसममा विद्यालयको चौतर्फी पानी जमेर विषालु सर्पको जेखिम भएको कारण केही दिनका लागि बिदा दिएर विद्यालय बन्द गरेको प्रधानाध्यापक चौधरीले जानकारी दिए । वर्षौंदेखिको विद्यालयको समस्या समाधान गर्न दुर्गा भगवती गाउँपालिकासँगै शिक्षा शाखालाई जानकारी गराउँदा पनि समस्या ज्यूँकात्यूँ रहेको प्रधानाध्यापक चौधरीले गुनासो गरे ।

स्थानीय निकायले शिक्षा जस्तो संवेदनशील विषयमा गम्भीर नहुँदा सयौं बालबालिकाको भविष्य अन्यौलमा परेको अभिभावकहरूले गुनासो गरे गर्न थालेका छन् ।


Author

थप समाचार
x