Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

शिक्षा

त्रिवि उपकुलपति बराललाई भेट्न क्यूआर कोडबाट अग्रिम समय लिनुपर्ने

इकागज |
असार २५, २०८१ मंगलबार १२:५७ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी गराएको छ । 


‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि क्यूआर प्रयोग गरी अग्रिम समय लिनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।


Author

थप समाचार
x