शिक्षा

१२ जिल्लाका ७२ जना विद्यार्थीलाई हेल्पले दियो छात्रवृत्ति

इकागज |
साउन १२, २०८१ शनिबार ९:२२ बजे

काठमाडौँ- हेल्पले सिन्धुपाल्चोकलगायत १२ जिल्लाका ७२ जना विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच विभिन्न विद्यालयमा अध्ययन गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि छात्रवृत्तिको घोषणा गरिएको हो ।

महानायक राजेश हमाल, टिच फर नेपालका सिइओ स्वस्तिका श्रेष्ठ, इन्द्रावती गाउँपाकिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ विभिन्न पालिकाका जनप्रतिनिधि, विद्यालयहरूका पदाधिकारी लगायत कार्यक्रममा उपस्थित थिए ।


कार्यक्रममा हेल्पका अध्यक्ष जिमी लामाले यो विगतको कार्यक्रमको निरन्तरता भएको बताए । उनले उच्च शिक्षाका लागि अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि यसले केही सहयोग पुग्ने विश्वास लिएको बताए ।

'यी विद्यार्थीले ११ र १२ कक्षाका लागि छात्रवृत्ति पाउने छन् । काठमाडौ मात्र नभई विद्यार्थीले आफुलाई सहज हुने स्थानमा जहाँ अध्ययन गरेपनि छात्रवृत्ति उपलब्ध गराइन्छ' लामाले भने ।

यसअघि पनि सयौंले यो सेवा पाइसकेका हेल्पले जनाएको छ । त्यस्तै अबदेखि २ जना एक महिला एक पुरुषलाई वार्षिक  जनहि १ लाख ५० हजार मास्टर लेबल पढ्न पनि छात्रवृत्ति प्रदान गर्ने उनले बताए । हेल्पले भूकम्पपछि विद्यालय भवन निर्माणलगायत अन्य सहयोग र साथी शिक्षक र स्कुल इन अ ब्याग कार्यक्रम पनि सञ्‍चालन गर्दै आइरहेको लामाले बताए ।


कार्यक्रमको उद्देश्यबारे बताउँदै उनले पढाईसँगसँगै सामाजिक उत्तरदायित्त्व बहन गर्नसमेत आग्रह गरे । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि महानायक हमालले धैर्यता, मेहनत र इछाशक्ति भएमा  मात्र सफल हुने बताए । उनले यसलाई अवसरका रुपमा लिएर अघि बढ्‌न छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई आग्रह समेत गरे ।

करिब  २०० भन्दा बढि आवेदकबाट यी ७२ विद्यार्थी छनौट गरिएको  हेल्प स्कलरशिपका कोअर्डिनेटर रामहरी सापकोटाले जानकारी दिए । साथी शिक्षकका कोअर्डिनेटर साधना श्रेष्ठका अनुसार अहिले हेल्पले सिन्धुपाल्चोक र तनहुँका १३ विद्यालयमा २६ साथी शिक्षकमार्फत पठनपाठनमा सहयोग गरिरहेको छ ।

हेल्पमार्फत छात्रवृत्ति पाएर अध्ययन गरिरहेकी पाँचपोखरी थाङपाल -७ की रश्मी खत्रीले यो कार्यक्रमले आफु जस्ता विद्यार्थीलाई धेरै सहयोग पुगेको बताइन् ।


Author

थप समाचार
x