नेपाल ल क्याम्पसको भवनबाट सञ्चालित कानुन संकायको कार्यालय पनि बल्खुमा
फाइल तस्बिर
काठमाडौँ- प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको भवनबाट सञ्चालन हुँदै आएको कानुन संकायको कार्यालय पनि बल्खुमा सरेको छ ।
कार्यालय कानुन संकायको बल्खु कीर्तिपुरस्थित नवनिर्मित भवनमा सरेको हो ।
दैनिक प्रशासनिक कार्य प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको भवनबाट सञ्चालन हुँदै आएकोमा यहीं साउन २९ गतेदेखि यस संकायको बल्खु, कीर्तिपुरस्थित नवनिर्मित भवनमा कार्यालय सरेकोले सोही स्थानबाट डीन कार्यालयको दैनिक कार्य सञ्चालन हुने डीन डा. कृष्णप्रसाद बस्यालले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया