शिक्षा

कोटेश्वरमा ‘बीएमडी एजुकेशनल कन्सल्टेन्सी’ सञ्‍चालनमा आयो

इकागज |
असोज २, २०८१ बुधबार १५:२ बजे

काठमाडौँ- जापान जाने विद्यार्थीलाई लक्षित गरी खोलिएको कोटेश्वरमा ‘बीएडी एजुकेशनल कन्सल्टेन्सी’ सञ्चालनमा आएको छ ।  असोज १ गते अर्थात मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त कन्सल्टेन्सीको शुभारम्भ गरिएको हो । 

बागमती प्रदेश सभाका सदस्य सुनिल केसीले कन्सलटेन्सीको उद्घाटन गरेका थिए । उद्घाटनपश्चात बागमती प्रदेश सभाका सदस्य केसीले विद्यार्थीलाई गुणस्तरिय शिक्षा र परामर्श सेवा उपलब्ध गराउन सुझाव दिए ।


जापानमा अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यसहित कन्सलटेन्सी सञ्चालनमा ल्याइएको ‘बीएडी एजुकेशनल कन्सल्टेन्सी’की प्रमुख कार्यकारी अधिकृत मनिषा पौडेलले जानकारी दिइन् । ‘हामी विद्यार्थीको समय तथा लगानीलाई ध्यानमा राखेर आवश्यक र उचित परामर्श दिन प्रतिवद्ध छौं’, पौडेलले भनिन् । 

उच्च शिक्षा अध्ययनका लागि जापान, कोरिया लगायतका देशहरुमा जान चाहने विद्यार्थीलाई लक्षित गरी परीक्षाका तयारी कक्षा तथा अभिमुखीकरण तालिमको समेत सेवा प्रदान गरिने पौडेलले बताइन् । जापानमा उच्च शिक्षा अध्ययन गरी स्वदेश फर्किएका युवाको समूहले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा कन्सलटेन्सी खोलेका हुन् । 


Author

थप समाचार
x