शिक्षा

त्रिविका उपकुलपतिविरुद्ध नेविसंघको विरोध प्रदर्शन

इकागज |
असोज ९, २०८१ बुधबार १८:५४ बजे

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपकुलपतिविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ ।  

योग्यताभन्दा निकटतालाई आधार बनाएर डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुखहरू नियुक्त गर्न खोजिएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो । 


बुधबार नेविसंघको नेतृत्वमा संयुक्त विद्यार्थी संघर्ष समितिले त्रिवि उपकुलपतिको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । उपकुलपतिले मेरिटोक्रेसीलाई भन्दा निकटताका आधारमा वर्णानुक्रमलाई पछ्याउन खोजेको उनीहरूको आरोप छ ।

 


Author

थप समाचार
x