शिक्षा

त्रिविको ५० औं दीक्षान्त समारोहका लागि आवेदन दिने समय थप

इकागज |
कात्तिक २, २०८१ शुक्रबार २१:४२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले ५० औँ दीक्षान्त समारोहमा भाग लिन चाहने विद्यार्थीका लागि कात्तिक ३ गतेदेखि १० गतेसम्म समय थप गरेको छ । विश्वविद्यालयले ५० (२०८१) औ दीक्षान्त समारोहमा भाग लिन चाहनेका लागि यसअघि प्रकाशन गरिएको सूचनामा फारम भर्ने अन्तिम समय असोज २३ गतेसम्म राखिएको थियो ।

दशैं विदा १७ गतेदेखि परेकाले केही विद्यार्थीले फारम भर्न नपाएको जानकारी आएपछि समय थप गरिएको विश्वविद्यालयले जनाएको छ ।  



Author

थप समाचार
x