शिक्षा

‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’

इकागज |
मंसिर १९, २०८१ बुधबार २१:४८ बजे

फाइल फाेटाे

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयलाई व्यवस्थित गर्न विद्यालय शिक्षा ऐन ल्याउन जरूरी भएको बताएकी छिन्।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन बनाउँदा प्रविधि, बालविकास र बालबालिकाको भविष्यलाई हेरेर बनाउनुपर्ने बताइन् । 


“विद्यालय, शिक्षक र विद्यार्थीको अनुपात कसरी मिलाउने भन्ने विषयमा २०७६ सालमा पनि अध्ययन भए पनि अहिले प्रविधि र अवस्था धेरै बदलीसकेको छ”, उनले भनिन्, “विद्यालय शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई दिएको छ, स्थानीय तहले राम्रोसँग अध्ययन गर्न जरूरी छ ।”
    
मन्त्री भट्टराईले मन्त्रालयले पूर्वसचिव दीपेन्द्र विक्रम थापाको संयोजकत्वमा शिक्षकको दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन गरेको र उक्त कार्यदललाई दुई महिनाको समयावधि दिइएकोसमेत जानकारी दिए ।  

उले कार्यदलले विद्यार्थी र शिक्षकको अनुपात कसरी मिलाउने भनेर अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएपछि त्यस आधारमा सरकारले आवश्यक काम गर्ने बताए । समितिमा सांसदहरूले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने र त्यसका लागि विद्यालय शिक्षा ऐन जरूरी भएको सुझाव राखेका थिए । 


Author

थप समाचार
x