शिक्षा

शिक्षकहरूले दिए एमाले मुख्यालयमा धर्ना

इकागज |
फागुन २८, २०८१ बुधबार १५:२८ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ । 

सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरूले बुधबार एमाले मुख्यालयमा धर्ना दिएका हुन् । सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ ।


यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । यस पटकको आन्दोलन निर्णायक भएको भन्दै चाँडो भन्दा चाँडो विद्यालय शिक्षा ऐन अघि बढाउन उनले आग्रह गरे । 

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ । त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ । 


Author

थप समाचार
x