अन्तिम नामावलीमा दर्ता गरेको नाम काटिएको भन्दै डब्लुआरसी कलेजको गेटमै नेविसंघको अनसन

पोखरा - स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अन्तिम नामावलीमा नाम काटिएको भन्दै नेविसंघ नेताहरूले क्याम्पस गेटमै अनसन शुरू गरेका छन् । नेपाल विद्यार्थी संघ इन्जिन्यरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस ( डब्लुआरसी) पोखराको मूल गेटमै नेविसंघ नेता कृषजंग कार्की र राजिप अधिकारीले सोमबार बेलुकीबाट अनशन सुरु गरेका छन्।
नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको उमेदवार रहेका प्रशान्त अधिकारीको नाम निर्वाचन समितिले प्रकाशित नगरेपछि नेविसंघ विरोधमा उत्रिएको हो । निर्वाचन समितिले षड्यन्त्रपूर्वक सचिवको नाम अन्तिम नामावलीमा प्रकाशन नगरेपछि सो नाम कायम गर्न माग गर्दै नेविसंघका १३ केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ति जारी गर्दै शुक्रबार क्याम्पसका तालाबन्दी गरेका थिए । तर, सोमबार बेलुकीसम्म पनि माग पूरा नगरेको भन्दै क्याम्पसको मूल गेटमै अनसन शुरू गरिएको अनसनरत कार्कीले बताए । दर्ता गरेको नाम कायम नभएसम्म स्ववियू निर्वाचन हुननसक्ने उनीहरूको अडान छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया