एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रुपन्देही - रुपन्देहीको सिद्धार्थनगर नगरपालिका -८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेको विद्यालयका प्राचार्य रूप कुमार रायमाझीले जानकारी दिए ।
उनका अनुसार परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्वीर र परीक्षार्थीको अनुहार नमिलेपछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।
तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको प्राचार्य रायमाझीले बताए ।
उक्त विद्यार्थीको ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेको र त्यसैमा पनि नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि उक्त विद्यार्थीलाई जिल्ला प्रहरी कार्यलय रुपन्देही पठाइएको प्राचार्य रायमाझीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया