शिक्षा

माइतीघरमा शिक्षक महासंघको रिले अनसन

इकागज |
साउन १५, २०७८ शुक्रबार ११:३४ बजे

काठमाडौँ : शिक्षकलाई कोभिड खोप उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै देशभरका शिक्षक आन्दोलित भएका छन् । काठमाडौँको माइतीघरमा शुक्रबारदेखि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले २४ सुत्रीय माग राख्दै माइतीघरमा रिले अनशन थालेका हुन् । 

नेपाल शिक्षक महासंघको नेतृत्वमा एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन लगायतका संघ संस्था पनि आन्दोलित छन् । उनीहरुसँगै प्रदेश र स्थानीय तहमा पनि शिक्षकले आन्दोलन थालेका छन् ।



Author

थप समाचार
x