बर्दियाका १२ विद्यालयका २२२३ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बर्दिया - नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमित्सिनाको सक्रियतामा बर्दियाका १२ प्राथमिक विद्यालयमा अध्ययनरत दुई हजार दुई सय २३ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउन्डेसन फर पोभर्टी एलिभिएसनको आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज अनामनगरको संयोजन र नेता तिमिल्सिनाको सक्रियतामा शैक्षिक सामग्री वितरण गरिएको हो ।
गेरुवा गाउँपालिका, मधुवन र राजपुर नगरापालिकाका चार/चार प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । तिमिल्सिनाका अनुसार गेरुवाको सरस्वती आधारभूत विद्यालय बिन्द्राका १५०, सरस्वती आधारभूत विद्यालय जोधिपुरका २३२, पशुपति प्राविका ८५ र नेपाल राष्ट्रिय गणेश माध्यामिक विद्यालयका ४८७ जनालाई सामग्री वितरण गरिएको छ ।
राजपुरका किसान मावि बदालपुरका २७१, बुद्ध मावी तिहुनीका १०३, सरस्वती पद्मा प्रावी छेदियाका १६६ र नेपाल राष्ट्रिय आधारभूत विद्यालय इश्वरीगञ्जका २२२ विद्यार्थीलाई सामग्री वितरण गरिएको छ ।
त्यस्तै मधुवनका जनचेतना प्रावीका ११४, अनआधार प्रावीका १३९, नेपाल राष्ट्रियप्रावी बासबानीका १२८ र नेपाल राष्ट्रिय आधारभूत विद्यालयका १२६ गरी दुई हजार दुई सय २३ जनालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
वितरण गरिएका सामग्रीमा ब्याग, स्टेसनरी र स्यानेटरी प्याडलगायतका सामग्री छन् । गरिब र थारु समुदायको बसोबास रहेका ती स्थानमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया