शिक्षा

महावीर पुन भन्छन्,

‘पीपीई, गाउन र अक्सिमीटर निःशुल्क बाड्दैछौँ’

इकागज |
साउन १७, २०७८ आइतबार १५:३३ बजे

फाइल फोटो

काठमाडौँ : राष्ट्रिय आविष्कार केन्द्रले कोभिड-१९ महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री बाड्न थालेको छ । कोभिड-१९ महामारीमा स्वास्थ्यकर्मीहरु, अस्पतालहरु, र आइसोलेशन केन्द्रहरुलाई चाहिने सामान राष्ट्रिय आविष्कार केन्द्रबाट निशुल्क बाड्न लागिएको केन्द्रका प्रमुख महावीर पुनले बताएका हुन् । 


स्वास्थ्य सामग्री आवश्यक भएकाहरुले सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् । उपत्यकाभित्र आफ्नो आइडी कार्ड लिएर सामान लिन सकिने पनि उनले बताएका छन् । त्यसरी बाडिने सामानमा पीपीई, गाउन, स्वाब संकलन गर्ने बुथ, अक्सिजन कन्सेन्टेटर, मिनी अक्सिजन प्लान्ट, पल्स अक्सीमीटर, अक्सिजन सिलिन्डर लगायतका सामान बाड्न लागिएको उनले बताएका छन् ।  


Author

थप समाचार
x