शिक्षा

परीक्षा केन्द्रबाहिर विद्यार्थीको नारा, 'नो भ्याक्सिन नो इक्जाम'

इकागज |
साउन २६, २०७८ मंगलबार १३:२८ बजे

काठमाडौँ - कोभिडविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौंको बागबजारस्थित पद्‍मकन्‍या क्याम्पसमा परीक्षा केन्द्र परेका विद्यार्थीहरूले महामारीको जोखिमबीच पनि परीक्षा संचालन गरिएको भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले 'नो भ्याक्सिन नो इक्जाम' भन्दै नाराबाजी गरेका थिए । गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 


परिक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसकेको यसले गर्दा जोखिमको खतरा भएको विद्यार्थीको भनाइ छ । कोभिडका कारण राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परीक्षा स्थगन गरे पनि  त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गरेको छ ।


Author

थप समाचार
x