शिक्षा

वीरगञ्जमा भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्ने निर्णय

इकागज |
साउन २७, २०७८ बुधबार २०:१५ बजे

काठमाडौँ - वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउने निर्णय गरेको छ । बुधबार आज सरोकारवालासँगको छलफलपछि ३१ साउनदेखि विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर विद्यालय सञ्चालन गर्ने निर्णय भएको महानगरले जनाएको छ।

भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराई कक्षा ८ देखि १२ सम्मका कक्षा सञ्चालन गर्ने निर्णय गरिएको महानगरका शिक्षा शाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए।


उक्त निर्णयबमोजिम महानगरले आफ्नो क्षेत्रका सबै विद्यालयलाई पत्राचार गरेको छ । भौतिक रूपमा विद्यार्थी उपस्थित गराई कक्षा सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा ०७७ बमोजिम स्वास्थ्य मापदण्ड अपनाइने उनले बताए ।

काेभिड संक्रमणको दोस्रो लहर बढ्दै गएपछि वीरगञ्जलगायत पर्सा जिल्लामै सामुदायिक तथा निजी विद्यालय भौतिक रूपमा बन्द छन् । 


Author

थप समाचार
x