शिक्षा

चेपाङ गाउँमा पुस्ताकालय स्थापना

इकागज |
भदौ १५, २०७८ मंगलबार ८:५० बजे

काठमाडौं - चेपाङ समुदायका बालबालिकाले पढ्दै आएको चितवनको एक विद्यालयमा पुस्ताकलय स्थपना गरिएको छ । चितवनको तुन्तेषमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म अध्यानरत विद्यार्थीलाई लक्षित गर्दै पुस्ताकालय स्थापना गरिएको हो । 

के फाउण्डेशन ग्लोबलको सहयोगमा विद्यालय पुस्ताकालय स्थापना गरको फाउण्डेशनका अध्यक्ष सौरभ रिमाल बताए । उनले दुर्गम भेगका विद्यालयमा पुस्तकालय स्थापना हुनु शिक्षा क्षेत्रको गुणस्तरमा विकास हुने उनको विश्वास छ । ‘हामीले विद्यालयमा पुस्ताकलय मात्रै नभएर विद्यार्थीलाई पोसाक र खेलसामग्री पनि वितरण गरेका छौं । यसले विद्यार्थीलाई पढाईप्रति प्रोत्साहित गराउँछ,' रिमालले भने । 


त्यस्तै स्वास्थ्य सेवाको उचित लाभ लिन नसकिरहेको गाउँमा आफूहरूले नेतृत्पमा आधा दर्जन चिकित्सकले निःशुल्क  औषधिसहितको स्वास्थ्यसेवा प्रदान गरेको रिमालले बताए । ‘चरम गरिबीका कारण रोग भएकोले धेरैलाई उपचार गर्ने आर्थिक अभाव छ । यति मात्रै होइन राम्रो कपडा लगाउने र पेटभरी खाने अवस्था पनि छैन् । त्यसैले पनि हामीले गाउँका सबै नागरिकलाई लत्ताकपडा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर चेपाङ गाउँ आएका हौं’, उनले भने  । ‘गाउँमा बस्ने वातावरण बनाउन स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिमा जोड दिनुपर्छ, यहाँको स्वास्थ्य संस्थाको संरक्षण र सञ्चालनमा निरन्तर आवश्यक सहयोग अझै जुटाउँदै जान्छौं’, रिमालले थपे । पुस्तकालय स्थापनाका लागि अल फर बल को फाउन्‍डर लीना बस्नेत र धन योगा फाउन्‍डेसनका को फाउन्डर डा. सचिन मास्केले सहयोग गरेकाे रिमालले बताए । 

त्यस्तै चेपाङ समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्नु पाउँदा निकै खुशी भएको डा. त्रिशला गुरुङले बताइन् । ‘यहाँका नागरिकका स्वास्थ्य अवस्था निकै कहाली लाग्दो छ । औषधिउपचार नपाएर मानिसहरूले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेछ । अधिकाशंले ज्यानमा रोग पालेर बस्नु भएको छ ।  नेपालमा दुर्गग ठाउँको अवस्था अझै उस्तै छ । हामीले थोरै भएपनि यहाँका नागरिका स्वास्थ्य जाँच गरेर औषधि प्रदान गरेका छौं’, उनले भनिन् । 

डा. गुरुङका अनुसार गाउँमा आधा दर्जन चिकित्सकहरुको टिमले आँखा, दाँत, छाला, जनरल, प्रसुती र क्यान्सरको स्वास्थ्य जाँच र औषधि वितरण गरिएको थियो । त्यस्तै  श्री राष्ट्रिय आधारभूत विद्यालय तुन्तेषका प्रधानाध्यापक ज्योति गुरुङले आफ्नो विद्यायलयलाई पुस्ताकालयसहित विद्यार्थीलाई पोशाक र खेल सामग्री सहयोग गरेको सहयोगी दातालाई धन्यवाद व्यक्त गरे । 

‘हामीले पुस्ताकालयको कल्पना पनि गरेका थिएनौं । आज विद्यालयमा पुस्ताकलय निर्माण भयो, विद्यार्थीले सफा पोशाक लगाएर पढ्न पाउने अवसर पाएका छन् । यसका लागि के फाउण्डेशन ग्लोबललगायत सहयोगी हातहरुलाई कृतज्ञता छ’, उनले भने । 

एउटा सिटामोल नपाउने र सानो उपचारका लागि सहर धाउनुपर्ने भौगोलिकरूपमा विकट गाउँमा राज्यले दिने स्वास्थ्य सुविधा पाउँदा आफूहरु निकै खुशी भएको वडाध्याक्ष भुपेन्द्र चेपाङले बताए । ‘यहाँका समुदायलाई वर्ष भरि खाना र लाउन पुग्दैन । आर्थिक अभावले ज्यानमा रोग पालेर बस्नु पर्छ । उपचार गर्ने पैशा नहुँदा धेरैले ज्यान पनि गुमाउनु पर्छ ।  पहिलो पटक यसरी गाउँमै आएर स्वास्थ जाँच गरिदिएनु भएकोमा सहयोगी हातहरुप्रति आभारी छौं’, उनले भने । 
 


Author

थप समाचार
x