शिक्षा

सुर्खेतमा आइतबारदेखि विद्यालय खुल्दै

इकागज |
भदौ १८, २०७८ शुक्रबार १८:३९ बजे

सुर्खेत – सुर्खेत जिल्लामा आइतबारदेखि विद्यालयहरू सञ्चालन हुने भएका छन् । कोभिड–१९ संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरू आइतबारदेखि सञ्चालनमा आउने भएका हुन् ।

शुक्रबार  बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयअनुसार आइतबारबाट विद्यालय खुल्ने भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको हो,’ उनले भने । 


स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खुलाइने उनले बताए । सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’ मा परेका विद्यालय खुलाउन सकिने उनले जानकारी दिए ।


Author

थप समाचार
x