काठमाडौँमा असोज १ गतेबाट विद्यालय खुल्ने
काठमाडौँ- असोज १ गतेबाट काठमाडौँका सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आउने भएका छन् । सोमबार काठमाडौँ महानगरपालिकालगायत अन्य स्थानीय तहसँगको छलफलमा विद्यालय खोल्न दिने निर्णय भएको हो ।
नगरपालिकाको शिक्षा महाशाखाले कोभिडको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने गरी सहमति भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार पुनः संक्रमितको संख्या बढेमा विद्यालय बन्द गर्न सकिन्छ ।
'अहिले विद्यार्थीलाई पढने बानी पार्न भए पनि विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको हो,' उनले भने । नगरपालिकामा शिक्षा शाखा हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्नुपूर्व अभिभावकसँग छलफल गरी सहमति लिनुपर्ने पराजुलीको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया