शिक्षा

केयुको जाम्बिया वाणिज्य दूतावाससँग अन्तरक्रिया

इकागज |
भदौ २८, २०७८ सोमबार १८:२१ बजे

काठमाडौँ- काठमाडौं विश्वविद्यालयले नेपालको लागी जाम्बिया गणतन्त्रको वाणिज्य दूतावाससँग अन्‍तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं विश्वविद्यालय उपकुलपति प्रा।डा भोला थापा तथा जाम्बिया गणतन्त्रको वाणिज्य दूतावासका तर्फबाट देशबन्धु बस्नेत सहभागी थिए ।

काठमान्डौँ विश्वविद्यालयले १० प्रतिशत सीट आरक्षणसहित सबै विषयहरुमा विदेशी विद्यार्थीहरुको भर्नालाई बढावा दिने निर्णय गरेको छ । काठमाडौँ विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई सुदृढ बनाउन जाम्बियान विश्वद्यालयसँग सहकार्य गर्ने भएको छ । जाम्बियन विश्वविद्यालयहरु र काठमाण्डौ विश्वविद्यालयबीचको प्राविधिक र व्यावसायीक शिक्षामा जोड दिने भएको छ।



Author

थप समाचार
x