शिक्षा

ललितपुर महानगरमा असोज १ गतेदेखि विद्यालय सञ्‍चालन हुने

इकागज |
भदौ २९, २०७८ मंगलबार १३:४१ बजे

फाइल तस्बिर

काठमाडौँललितपुर महानगरपालिकामा असोज १ गतेदेखि विद्यालय सञ्‍चालन हुने भएको छ । विद्यालय व्यवस्थानप समितिले अभिभावकसँग ‍र सरोकारवालासँग छलफल गरीसकेकाले विद्यालयलाई महानगरले विद्यालय सञ्चालन गर्ने जिम्मेवार प्रदान गरेको हो ।

कोभिड-१९ को विद्यालय सञ्‍चालन सम्बन्धी कार्यढाँचा, २०७७ ले निर्धारण गरवेको सम्पूर्ण प्रक्रिया अवलम्बन गरी शैक्षिक अवस्था अनुसार असोज १ गतेबाट विद्यालय सञ्चालन गर्नुपर्ने महानगरको शिक्षा महाशाखाका महेन्द्र बहादुर क्षेत्रीले बताए ।


विद्यालयले सञ्चालन गर्नूपूर्व पूर्वतयारी गरी अनिवार्य रुपमा कार्यढाँचा तथा स्वास्थ्य मापदण्डका सम्बन्धमा अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाई अभिमुखीकरण गराउनुपर्ने उनको भनाइ छ ।

'विद्यालयले अभिभावक तथा विद्यार्थीलाई गराएको जानकारी महानगरपालिकालाईसमेत गराउनुपर्छ,' क्षेत्रीले भने,' सम्भव भएसम्म सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरिन्छ ।'

महानगरले विद्यालयमा जनस्वास्थ्यको मापदण्ड पालना गरिएको नगरिएको अनुगमन गरिने क्षेत्रीले बताए । स्वास्थ्यको मापदण्ड पालना गराएर मात्र विद्यालय सञ्चालन गर्नलाई उनले अनरोध गरे ।

उपत्यकाको तीनै जिल्ला प्रशासन कार्यालयले केही दिन अघि मात्र असोज १ गतेबाट विद्यालय सञ्चालन गर्न अनुमति प्रदान गरेको थियो । प्रशासनले विद्यालय सञ्‍चालनको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको ‍छ । कोभिडको जोखिम अध्ययन गरेर स्थानीय तहले विद्यायल सञ्‍चालन गर्नुपर्नेछ ।


Author

थप समाचार
x