शिक्षा

पुनर्निमाण गरेकाे विद्यालय हस्तान्तरण

इकागज |
भदौ ३०, २०७८ बुधबार १६:२७ बजे

काठमाडौँ - जापानले ललितपुरको लगनखेलमा अवस्थित नमुना माध्यामिक विद्यालय पुनर्निमाण गरि हस्तान्तरण गरेको छ । २०७२ सालको महाभुकम्प पछि जापान सरकारको सहयोगमा संचालित क्षतिग्रस्त विद्यालय पुनर्निमाण अपात्कालिन परियोजना अन्तर्गत दुई सय ७४ विद्यालय पुनर्निमाण हुँदैछन् ।

विद्यालय हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जा मन्त्री पम्फा भुसाल, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन तथा जापानी सहयोग नियोग जाइकाका मुख्य प्रतिनिधी लगायतको उपस्थिती थियो ।


नेपालका लागि जापानका राजदुत किकुता यतुकाले जापान सरकार र जाइकाका तर्फबाट नेपाल सरकार र यस परियोजनाको सफलता लागि सहयोग पुर्‍याउनेलाई धन्यवाद दिए । नमुना माध्यमिक विद्यालयमा अपाङ्गता विद्यार्थीमैत्री रहेको उनले जानकारी दिए ।


Author

थप समाचार
x