फरक क्षमताका विद्यार्थीलाई नेपाल बैंकको सहयोग
काठमाडौँ – नेपाल बैंक लिमिटेडले काभ्रेको धुलिखेलस्थित सञ्जिवनी माध्यमिक विद्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाका लागि २० थान ए ग्रेडको अन्तरबिन्दु ब्रेल स्लेट उपलब्ध गराएको छ ।
बुधबार नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले श्री मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई ४० हजार रूपैयाँ बराबरका ती सामाग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त सामग्रीहरूबाट विद्यार्थीको पढाइमा सहयोग पुग्ने अध्यक्ष ढकालको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया