शिक्षा

आयोगले नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थी आन्दोलित

इकागज |
असोज ४, २०७८ सोमबार १२:४७ बजे

फाइल फाेटाे

काठमाडौँ - लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरू आन्दोलित भएका छन् । सोमबार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालयअगाडि ६३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशको माग राख्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरूले लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको सट्‍टा नतिजा स्थगित गरिएको सूचना निकालिनु घिनलाग्दो भएको बताएका छन् । उनीहरूले लोकसेवा जस्तो गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न पनि लोकसेवाले तत्काल नतिजा प्रकाशन गरिनुपर्ने बताएका छन् ।


प्रदर्शनकारी परीक्षार्थीले लोकसेवा आयोगको यो कदमले देशमा को प्रति आस्था गर्ने, कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठेको बताए । उनीहरूले लोकसेवा आयोगले तत्काल परीक्षाको नतिजा निकाल्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा उत्रिनुभएका परीक्षार्थी सुदिप सापकोटाले लोकसेवा जस्तो योग्यताको कदर गर्ने र जिम्मेवार संस्थाले नतिजा ननिकालेर विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न खोजेको बताए । उनले लोकसेवा आयोगले सबै परीक्षाहरू सकिसकेपछि पनि नियम, कानुन र ऐनले तोकेको प्रावधानअनुरुप नतिजा प्रकाशन नगरेको आरोप लगाए ।


Author

थप समाचार
x