शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल नियुक्त
काठमाडौँ - शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा चुडामणि पौडेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिस्तरीय बैठकले उनलाई महानिर्देशकमा नियुक्त गरेको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ । बैकुन्ठ आर्याल गण्डकी प्रदेशको अर्थमन्त्रालयमा सरुवा भएपछि महानिर्देशक पद रिक्त थियो । पौडेल कर्णाली प्रदेशबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हाजिर भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया