शिक्षा क्षेत्रको समस्या सुल्झाउँदै जानुपर्छ : शिक्षामन्त्री पौडेल
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताएका छन् । संस्थागत विद्यालय अभिभावक संघका पदाधिकारीसँग बुधबारको भेटमा उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासंघबाट संयुक्त रूपमा छलफल गर्दा उपयुक्त हुने धारणा राखे । उनले शिक्षाको विकासमा सबै जना लाग्नुपर्नेमा पनि जोड दिए । सो अवसरमा संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारीले मन्त्री पौडेललाई संघले प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका समन्वय, समझदारी र सहयोगी भूमिका राख्दै निजी विद्यायका अभिभावकको समस्या समाधानको लागि कार्य गर्दै आएको जानकारी गराए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया