शिक्षा

काठमाडौं विश्वविद्यालयलाई नर्वेको ३० करोड सहयोग

इकागज |
कात्तिक ११, २०७८ बिहीबार १४:४५ बजे

सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. थापा र नर्वेजियन राजदूत द्राम्दाल । तस्बिर सौजन्य : काठमाडौं विश्वविद्यालय

काठमाडौँ -  नर्वे सरकारले काठमाडौं विश्वविद्यालयलाई ३० करोड ६० लाख रुपैयाँ (२ करोड ३५ लाख नर्वेजिन क्रोनर) सहयोग गर्ने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको इनर्जाइज नेपालका असिष्टेष्ट प्रोग्राम म्यानेजर नवराज सन्जेलले इकागजलाई बताए । 

यो सहयोग राशितसहित ‘इनर्जाइज नेपाल’ को कार्यक्रम अवधि ३९ महिनालाई थप गरिएको छ । यस कार्यक्रमअन्तर्गत १२ वटा प्रतिस्पर्धी अनुसन्धानमूलक आयोजना र १० वटा नयाँ व्यावसायिक योजनालाई खर्च हुने सन्जेलले जानकारी दिए । यसबाहेक १५ वटा विद्यावारिधि र ३० वटा एमएस्सी रिसर्चमा खर्च हुनेछ ।



Author

थप समाचार
x