शिक्षा

विद्यार्थीको पहिलो गन्तव्य बन्दै अमेरिका

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार १५:४३ बजे

काठमाडौँ- कोभिड-१९ महामारीमा पनि संयुक्त राज्य अमेरिका उच्च शिक्षा अध्ययन गर्न जानेको संख्यामा कमी आएको छैन् । अन्तर्राष्ट्रिय एजुकेशन एक्सचेन्जमा ओपन डोर रिपोर्टअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि पहिलो गन्तव्य रहेको देखिएको छ । पछिल्लो समय दुई सय भन्दा बढी मुलुकबाट अमेरिकालाई शैक्षिक गन्तव्य बनाउने विद्यार्थीहरू धेरै देखिएका छन् ।

यस वर्ष अमेरिकामा विश्वभरबाट ९१ हजार ४ सय विद्यार्थी अध्ययन गर्न गएका छन् । त्यसैगरी नेपालबाट ११ हजार १ सय ७२ विद्यार्थी उच्च शिक्षा हासिल गर्न गएका छन् । 


नेपालबाट पनि अमेरिका शिक्षा लिन चाहने विद्यार्थीहरू उलेख्य रहेका छन् । अमेरिकामा नेपालबाट उच्च शिक्षा अध्ययन गर्न जानेको संख्या १२ औं स्थानमा रहेको रिपोर्टले देखाएको छ । कोभिड-१९ ले विश्वभर सबै क्षेत्रमा असर पारेको र शिक्षा क्षेत्रमा पनि यसको प्रभावले तहसनहस पारेको अवस्था छ । नेपाल लगायत कतिपय देशमा खोपको उपलब्धताले गर्दा संक्रमणमा कमी आएसंगै अमेरिका उच्च अध्ययन गर्न चाहने विद्यार्थी धेरै देखिएका छन् । अमेरिकाले कोभिड विरुद्ध खोप लगाएकालाई सहजै प्रवेशाज्ञा दिने जनाएको छ  ।


Author

थप समाचार
x