शिक्षा

हलेसी तुवाचुङमा चाम्लिङ भाषा स्रोत शिक्षक नियुक्त

इकागज |
मंसिर २०, २०७८ सोमबार १४:३६ बजे

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर शिक्षक (चाम्लिङ भाषा स्रोत शिक्षक) नियुक्ति गरिएको छ ।  चाम्लिङ भाषाको पठनपाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाले पहिलोपल्ट नगर शिक्षकको दरबन्दी सिर्जना गरेको पदमा हलेसी तुवाचुङ नगरपालिका-८ धितुङस्थित सर्वावती प्राविमा प्रावि तहको एक जना नगर शिक्षक नियुक्ति गरिएको हो ।

१८ मंसिरमा सञ्चालन भएको शिक्षक छनौट परिक्षाबाट चाम्लिङभाषी संगीता राई छनौट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश राईले बताए । नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको स्रोत शिक्षकका रूपमा कामकाज गर्नका लागि व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आह्वान गरेको थियो । मासिक १३ हजार पाँच सय तलबसुविधा पाउने नियुक्ति पाएकी राईले चाम्लिङलगायत अन्य भाषामा पनि पठनपाठन गर्नुपर्ने जनाएको छ । -न्युज कारखाना



Author

थप समाचार
x