शिक्षा

चिट चोर्न नदिएको भन्दै आरआरमा प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

इकागज |
पुस ८, २०७८ बिहीबार १९:३२ बजे

काठमाडौं - परीक्षामा सार्न नदिएको भन्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा प्राध्यापकमाथि सांघातीक आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् । 

क्याम्पसमा सञ्चालित आन्तरिक (प्रयोगात्मक) परीक्षाका क्रममा पुस ६ गते सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि आक्रमण गरेका थिए । त्यसपछि उनले प्राध्यापकमाथि स्टिलको जग प्रहार गरी आक्रमण गरेका थिए ।  


जेठाराको आक्रमण प्राध्यापक प्रकाश पुडासैनी घाइते भएका थिए । उनको टाउको ६ टाँका लगाउनु परेको थियो । 

बिहीबार एक सूचना प्रकाशित गर्दै क्याम्पस प्रमुख डा जीवनधर ज्ञवालीले विद्यार्थी जेठारालाई क्याम्पसबाट निष्कासन गरिएको र उनीविरुद्ध कानुनी कारबाही अगाडि बढिसकेको जानकारी दिएका छन् ।  

विद्यार्थीले प्राध्यापकमाथि आक्रमण गरेपछि क्याम्पसका शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । जेठारालाई क्याम्पसले निष्कासन गरेपछि आन्दोलनमा रहेका प्राध्यापकहरु नियमित काममा फर्किएका छन् ।


Author

थप समाचार
x