शिक्षा

१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो

इकागज |
पुस १४, २०७८ बुधबार ८:४० बजे

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।  आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो ।

सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ ।


याेग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयाेगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ । यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।


Author

थप समाचार
x