परीक्षा केन्द्र सारिएकाे भन्दै विद्यार्थीहरु उत्रिए आन्दाेलनमा
जनकपुरधाम : परीक्षा केन्द्र सारिएको भन्दै सर्लाहीमा विद्यार्थीहरु आन्दोलित भएका छन् । स्नातक चौथो वर्षको परीक्षाको मुखमा आएर परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखेर मात्रै सर्लाही क्याम्पसको परीक्षा केन्द्र सारिएको भन्दै पहिला ताेकिएकै केन्द्रमा राख्नुपर्ने मागसहित उनीहरु आन्दोलित बनेका छन ।
अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटीका अध्यक्ष धरबेन्द्र यादवले पहिला तोकिएको केन्द्र यथावत नगरिएसम्म आफूहरुकाे आन्दोलन जारी नै रहने चेतावनी दिएका छन्।
विद्यार्थीले परीक्षा केन्द्र सारेको विषयलाई लिएर आज बिहानैदेखि क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् भने साे आन्दाेलनले यातायातसमेत अवरुद्ध भएका छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया