शिक्षा

जाडो बढेपछि ५ दिन विद्यालय बन्द

इकागज |
पुस १९, २०७८ सोमबार २१:५० बजे

फाइल फोटो

जनकपुरधाम : गत दुई दिनदेखि एक्कासी बढेको जाडोले धनुषाका नगराइनमा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । नगराईन नगरपालिकाले अत्यधिक बढेको जाडोका कारण पठनपाठनमा पर्न गएको अप्ठेरोलाई दृष्टिगत गर्दै ५ दिनका लागि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

नगरपालिकामा शिक्षा संयोजक देवेन्द्र कुमार लाभले अत्यधिक बढेको जाडोले विद्यालय आउन जान र पठन पाठन गर्न बालबालिकाहरूलाई अप्ठेरो हुन सक्ने दृष्टिगत गर्दै पुस १९ गतेदेखि २३ गतेसम्मका लागि जाडो विदा दिइएको बताए ।


प्रतिकूल मौसमका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले चिसोबाट बालबालिकामा हुने स्वास्थ्य जोखिमबाट बच्न विद्यालयमा पठनपाठन बन्द गराइएको उनले बताए । 


Author

थप समाचार
x