विद्यार्थीको शुल्क फिर्ता गर्ने सहमतिपछि खुल्यो मनिपाल कलेज
पोखरा - विद्यार्थीबाट अतिरिक्त रकम लिएपछि सुरु भएको आन्दोलन फिर्ता गर्ने सहमति पछि सकिएको छ । पोखराको मनिपाल कलेजले चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीबाट तोकिएको भन्दा ६ लाख रुपैयाँ बढी शुल्क लिएको उनीहरूको आरोप छ । त्यही शुल्कविरुद्ध विद्यार्थी संघ संगठनहरूले आन्दोलन गरेका थिए । निरन्तरको आन्दोलनपछि कलेज प्रशासनले शुल्क फिर्ता लिने निर्णय गरेको हो ।
मंसिर २० गते प्रशासनमा ताला लगाएर सुरु भएको आन्दोलन बुधबारको सहमति पछि सकिएको छ । मनिपाल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गराउन तयार रहेको प्रतिबद्धता जनाएको छ ।
यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको बाहेक विद्यार्थीहरूसँग कुनै पनि अतिरिक्त रकम नलिने, विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्कलाई आगामी वर्ष तिर्नुपर्ने शुल्कमा घट्ने गरी व्यवस्थापन गर्न तयार रहेको कलेजले जनाएको छ ।
आगामी दिनमा कलेज र स्थानीय समुदायसँग सहकार्यसहित समन्वयमा अघि बढ्ने बताइएको छ । विद्यार्थीहरू सहमत भएर बुधबारदेखि नै ताला खोलिएको अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले जानकारी दिए । सम्झौता पत्रमा पौडेल र प्रशासनको तर्फबाट भानु भारद्वाजले हस्ताक्षर गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया